मुस्ताङको मार्फामा १४ करोडको विद्यालय बन्ने, भारतीय दूतावाससँग भयो सम्झौता
पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फामा १४ करोडभन्दा बढी लागतमा विद्यालय निर्माण हुने भएको छ ।
अहिले सञ्चालनमा रहेको जनबाल माध्यमिक विद्यालयको नयाँ भौतिक पूर्वाधार निर्माणका लागि भारत सरकारले १४ करोड १६ लाख रुपैयाँ सहयोग गर्ने गरी सम्झौता भएको हो । विद्यालयको नयाँ भवन र छात्रावास ९होस्टेल० निर्माणका लागि बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एक कार्यक्रमबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको पालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।
सम्झौताअनुसार कुल बजेटको ५ प्रतिशत हिस्सा गाउँपालिकाले बेहोर्ने छ भने बाँकी रकम भारत सरकारले अनुदान स्वरूप उपलब्ध गराउनेछ । गाउँपालिकाका इन्जिनियर चक्रबहादुर बमका अनुसार यो परियोजनाअन्तर्गत विद्यालयको आधुनिक भवन, शिक्षक आवास (क्वार्टर), विद्यार्थीहरूका लागि छात्रावास, पार्किङ, पहुँच मार्ग, खानेपानी तथा सरसफाइ र विद्युतीकरणका कामहरू हुनेछन् ।
शैक्षिक भवनमा २० भन्दा बढी कोठाहरू रहने उनले बताए ।
‘तराईमा ३०–३५ लाखमा बन्ने घर मुस्ताङमा बनाउँदा ढुवानी र भौगोलिक कठिनाइका कारण १ करोडसम्म लाग्छ । त्यसैले यहाँ निर्माण लागत अलि बढी देखिएको हो,’ उनले भने । मुस्ताङको अत्यधिक चिसो मौसमलाई मध्यनजर गर्दै विद्यालयमा स्टेडियम टाइपको भित्री हलसमेत निर्माण गरिने अध्यक्ष लालचनले सुनाए ।
विद्यार्थीहरूलाई जाडो महिनामा पनि अतिरिक्त क्रियाकलाप गर्न सहज हुने गरी भौतिक पूर्वाधार निर्माण हुने उनको भनाइ छ । भारतीय पक्षले काममा ढिलाइ नगर्न आग्रह गरेको भन्दै एक हप्ताभित्रै टेन्डर आह्वान हुने पालिकाले जनाएको छ ।
‘हामी जति सक्दो छिटो प्रक्रिया अगाडि बढाउँछौं,’ उनी भन्छन्, ‘अहिले १० कक्षासम्म पढाइ भइरहेको यस विद्यालयमा सुविधासम्पन्न भवन बनेपछि उच्च शिक्षा र प्राविधिक कक्षाहरू सञ्चालन गर्न समेत बाटो खुल्नेछ ।’ भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सकबहादुर लालचनले समेत विशेष पहल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण