नेपाल लाइफ इन्स्योरेन्सद्वारा दीपक भट्टको नाममा ३७ करोड रुपैयाँ दुरुपयोगको समाचार खण्डन
काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत सेयरधनी दिपक भट्टले आफ्नो सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरेको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेको छ ।
कम्पनीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार भट्टले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड लगायतका सेयर दोस्रो बजारबाट खरिद गर्न आफ्नो सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरेको भन्ने खबर निराधार छन् ।
नेपाल लाइफ इन्स्योरेन्सको यस विषयमा दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ भृकुटी स्टक ब्रोकर कम्पनी प्रालिसँग कुनै संलग्नता वा कारोबार नरहेको स्पष्ट पारेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले आफू सधैं प्रचलित कानुन, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले बजारमा उत्पन्न भ्रम निराकरण गर्नका लागि यो स्पष्टीकरण जारी गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण