बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पर्छ लिटरको ?
सारांश
- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको छ।
- नयाँ मूल्यसूची अनुसार काठमाडौँ उपत्यकामा पेट्रोल २०२ रुपैयाँ तथा डिजेल र मट्टितेल १७२ रुपैयाँ कायम भएको छ।
- अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ।
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै आजबाट पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार निगमले पेट्रोल तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको थियो ।
निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार, बढेको मूल्य आज बिहान १२ बजेदेखि कार्यान्वयनमा आइसकेको छ । नयाँ मूल्यसूची अनुसार आजदेखि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।
निगमले मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको र यसले गर्दा निगमलाई पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको जनाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन ।
प्रतिसिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा हुँदाहुँदै पनि निगमले आम उपभोक्तालाई राहत दिन ग्यासको मूल्य यथावत् राखेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण