नेपाल प्रहरीमा जवान पदको माग संख्यामा वृद्धि
शुक्रबार, २० चैत २०८२, ०६ : ४७
सारांश
- नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी जवान पदको माग संख्यामा वृद्धि गरेको छ।
- थप १,३७५ पदहरू थपिएसँगै अब कुल २,९२८ जनाको भर्ना प्रक्रिया अघि बढाइएको छ।
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रहरी जवान पदको माग संख्यामा वृद्धि गरेको छ। गत २०८२ साल असोजमा प्रकाशित विज्ञापनमा उल्लेखित संख्यामा थप १,३७५ जनाको संख्या थप गरी अब कुल २,९२८ जनाको भर्ना लिइने भएको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले आज एक सूचना जारी गर्दै थप गरिएको पद संख्या बारे विस्तृत जानकारी दिएको हो। २०८२ असोज १० गतेको विज्ञापनमा सुरुमा १,५५३ जनाको माग गरिएको थियो। विज्ञापन प्रक्रिया अघि बढेपछि थप रिक्त हुन आएका १,३७५ पदहरू पनि सोही विज्ञापनमा समावेश गरिएपछि कुल संख्या झण्डै दोब्बर पुगेको हो।
नयाँ व्यवस्था अनुसार कुल २,९२८ पदमध्ये खुलातर्फ १,५७८ जनाको भर्ना हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण