बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरानका पुल र बिजुली उत्पादन केन्द्रमा थप आक्रमण गर्ने ट्रम्पको धम्की

शुक्रबार, २० चैत २०८२, ११ : ३५
शुक्रबार, २० चैत २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका महत्त्वपूर्ण पूर्वाधारहरूमा थप सैन्य आक्रमण गर्ने चेतावनी दिएका छन्।
  • ट्रम्पले इरानका पुल र विद्युत् उत्पादन केन्द्रहरू अबको मुख्य निशाना हुने उल्लेख गरेका छन्।
  • तेहरान नजिकैको कराज सहरमा भएको हवाई आक्रमणमा ८ जनाको मृत्यु र १०० जना घाइते भएका छन्।

हाभाना । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका महत्त्वपूर्ण पूर्वाधारहरूमा थप सैन्य आक्रमण गर्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै अमेरिकी सेनाले इरानमा बाँकी रहेको संरचना नष्ट गर्न अझै सुरु नै नगरेको बताए ।

ट्रम्पले विशेष रूपमा अबको निशाना पुलहरू र त्यसपछि विद्युत् उत्पादन केन्द्रहरू हुने उल्लेख गरेका छन् । उनले अमेरिकी सेनालाई विश्वकै सबैभन्दा शक्तिशाली भन्दै आगामी आक्रमणहरू अझ तीव्र हुने सङ्केत पनि दिएका छन् ।

यो अभिव्यक्ति इरानको राजधानी तेहरान नजिकै पर्ने कराज सहरमा एउटा पुल निर्माण भइरहेको ठाउँमा भएको हवाई आक्रमणपछि आएको हो । 

उक्त आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको र झन्डै १०० जना घाइते भएका छन् । ट्रम्पले आफ्नो सन्देशमा नयाँ शासनको नेतृत्वले के गर्नुपर्छ भन्ने बुझिसकेको छ र छिटो निर्णय लिनुपर्ने टिप्पणी पनि गरेका छन् ।

ट्रम्पको यस अभिव्यक्तिलाई इरानको वर्तमान नेतृत्वप्रति दबाबको रूपमा हेरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप