मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुवेतको तेल प्रशोधन केन्द्रमा तेस्रो पटक आक्रमण

शुक्रबार, २० चैत २०८२, १३ : ४२
शुक्रबार, २० चैत २०८२

सारांश

  • कुवेतको मिना अल-अह्मदी तेल प्रशोधन केन्द्रमा इरानद्वारा ड्रोन आक्रमण भएको छ।
  • आक्रमणका कारण रिफाइनरीमा लागेको आगोलाई आपत्कालीन टोलीले नियन्त्रणमा लिएको छ।
  • कुवेतमा पाँच हप्ताको अवधिमा सो रिफाइनरीमा भएको यो तेस्रो आक्रमण हो।

कुवेत सिटी । कुवेतको एउटा तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेको छ । कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले शुक्रबार बिहान कुवेतको एउटा तेल प्रशोधन केन्द्रमा ड्रोनद्वारा आक्रमण भएको पुष्टि गरेको हो ।

कम्पनीले यसलाई दुष्ट ड्रोन हमला भनेको छ । तर आक्रमणमा कुनै पनि कर्मचारी घाइते नभएको बताइएको छ । कम्पनीको मिना अल–अह्मदी रिफाइनरीमा आगलागी भएको भए पनि आपत्कालीन टोलीले तुरुन्त स्थिति नियन्त्रणमा लिएको केपीसीले जनाएको छ ।

कम्पनीका अनुसार ३९ सञ्चालन इकाइमध्ये केहीमा आगो फैलिएको थियो तर तुरुन्त नियन्त्रणमा ल्याइएको छ । आगलागीको समयमा क्षेत्रको हावापानीको गुणस्तरको नजिकबाट अनुगमन भइरहेको छ र अहिलेसम्म वातावरणमा कुनै नकारात्मक असर नदेखिएको कम्पनीले बताएको छ ।

मिना अल–अह्मदी रिफाइनरी पश्चिम एसियाको ठुलो प्रशोधन केन्द्रमध्ये एक हो । सो कम्पनीले दैनिक ३ लाख ४६ हजार ब्यारेल तेल प्रशोधन गर्न सक्छ ।

कुवेतमा तीन वटा ठुला तेल प्रशोधन केन्द्र रहेका छन् ।  विगत पाँच हप्तादेखि जारी द्वन्द्वमा मिना अल–अह्मदी रिफाइनरीमा इरानी ड्रोनद्वारा यसअघि पनि दुई पटक आक्रमण भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप