गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ
चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके समाजमा रहेको गरिबी उन्मूलन गर्न सकिने बताएका छन् । शुक्रबार आयोजित ६९औँ सहकारी दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सहकारीले समाजमा रहेका दुःखी, गरिबको साहरा बनेर काम गरेको र अझै गर्नुपर्ने बताए।
उनले भने, “सहकारी बलियो बन्यो भनेमात्र देशको अर्थतन्त्र बलियो बन्दै दुःखी गरिबको साहारा बन्ने छ ।” जिल्ला सहकारी सङ्घले आयोजना गरेको सो कार्यक्रममा उहाँले आगामी दिनमा सहकारीलाई प्रभावकारी बनाउँदै जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको बताए। नेपालमा पहिलोपटक सहकारी स्थापना गरी देशको समृद्धिको यात्रा सुरु गरेको चितवनले अझै यसलाई बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले सहकारी बलियो भयो भनेमात्र देशको समृद्धि हुने बताए। समाजको विकासका लागि सहकारी आवश्यक छ । चितवनलाई सहकारीको उद्गम थलोका रूपमा विकास गर्दै अझै सशक्त बनाउन आवश्यक रहेको उनले बताए।
भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले समाजको आर्थिक मेरुदण्डका रूपमा सहकारी अघि बढेको बताए। बखानसिंह गुरुङको सोच अहिले देशभरि फैलिएको भन्दै यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
सहकारी सङ्घ चितवनका अध्यक्ष शरदकुमार बर्तौलाले सहकारी संस्थाहरू कमजोर बन्न नदिनका लागि तीनै तहका सरकारहरू एक भएर लाग्न आवश्यक रहेको बताए। चितवनलाई सहकारीको जननिका रूपमा लिइँदै आइएको छ । कार्यक्रमअघि दिवसका अवसरमा प्रभातफेरी पनि गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण