भ्रष्टाचार मुद्दा दायर भएपछि रास्वपा कर्णालीका सहमहामन्त्री अधिकारीद्वारा राजीनामा, भने– ‘म समितिको सदस्य नै होइन’
सारांश
- सामुदायिक वनको रकम हिनामिना गरेको आरोपमा अख्तियारले रास्वपा कर्णाली प्रदेश सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
- नैतिकताको आधारमा अधिकारीले पार्टीको सहमहामन्त्री र प्रवक्ता पदबाट राजीनामा दिएका छन्।
- अधिकारीले आफू वन समितिको सदस्य नरहेको र केवल सहयोगीको भूमिका निर्वाह गरेको दाबी गर्दै कानुनी प्रतिवाद गर्ने बताएका छन्।
काठमाडौँ । सामुदायिक वनको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कर्णाली प्रदेश सहमहामन्त्री हरिप्रसाद अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिको १२ लाख १८ हजार ५१२ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै अख्तियारले बिहीबार अधिकारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायर भए लगत्तै अधिकारीले नैतिकताको आधारमा पार्टीको सहमहामन्त्री र प्रवक्ता पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
आफूमाथि लागेको आरोपको खण्डन गर्दै अधिकारीले आफू कहिल्यै पनि उक्त वन समितिको सदस्य नरहेको स्पष्ट पारेका छन् । उनले तत्कालीन समयमा एउटा सहयोगीको भूमिका मात्र निभाएको दाबी गरेका छन् ।
‘म मालिका सामुदायिक वन समितिको सदस्य कहिल्यै थिइनँ । २०७० सालतिर वन समितिले निर्माण कम्पनीलाई बुझाउन भनी दिएको २ लाख ८५ हजार रुपैयाँ नगद मैले गाउँबाट ल्याएर वीरेन्द्रनगरमा बुझाइदिएको मात्र हुँ,’ अधिकारीले भनेका छन्, ‘आफूमाथि लागेको आरोपको कानुनी रूपमै सामना गरी इमानदारीपूर्वक सफाइ पेस गर्नेछु ।’
उनले पार्टीको नाम जोडेर आएका टिप्पणीहरूप्रति संवेदनशील हुँदै पार्टी केन्द्र र प्रदेश समितिसँग परामर्श गरेर राजीनामा दिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण