‘अटिजमबारे सचेतना विस्तार गरौँ’
भैरहवा । विश्वभर अटिजमसम्बन्धी चुनौती बढ्दै गएकाले यसबारे समाजमा सही बुझाइ विकास गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।
उन्नाइसौँ विश्व अटिजम सचेतना दिवस पारेर भैरहवामा आयोजित सचेतनामूलक कार्यक्रमका वक्ताहरूले अटिजम रोग नभई एक प्रकारको अवस्था भएको उल्लेख गर्दै समयमै पहिचान, उचित हेरचाह र सहयोग आवश्यक रहेको बताए । उनीहरूले अटिजम भएका बालबालिकालाई समाजले सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने र अभिभावकलाई सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अटिजम विशेषज्ञ तथा थेरापिस्ट समिद कातिला श्रेष्ठले अटिजम भएका बालबालिकाको आवश्यकता फरक–फरक हुने भएकाले व्यक्तिगत रूपमा उनीहरूको व्यवहार बुझेर सहयोग गर्नुपर्ने बताए । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले यस्ता सचेतनामूलक कार्यक्रमले अटिजमबारे जानकारी विस्तार गर्दै समावेशी समाज निर्माणमा सहयोग पुग्ने उल्लेख गरे ।
यस्तै, अटिजम सचेतना अभियन्ता नीलम लामा, नन्दु भण्डारी, सुरज भुसाल, पुष्प चक्रधरलगायतले अटिजम भएका बालबालिकालाई समान अवसर र सम्मान दिनुपर्नेमा जोड दिए । उनीहरूले समाजमा अझै रहेको गलत धारणा हटाउन सामूहिक प्रयास आवश्यक रहेको बताए । कार्यक्रममा शैक्षिक संस्था, सामाजिक सङ्घसंस्था तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण