कानुन निर्माणलाई तीव्रता दिने मन्त्री सोबिता गौतमको प्रतिबद्धता
सारांश
- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कानुन निर्माण प्रक्रियालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
- उनले सङ्घीय संसद्लाई गफ गर्ने थलो नभई वास्तविक काम गर्ने थलोको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएकी छन्।
- मन्त्री गौतमले सरकार र संसद्बिच समन्वय गर्दै विधेयकहरूलाई छिटो छरितो ढङ्गले अघि बढाउने दृढता व्यक्त गरिन्।
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कानुन निर्माणको प्रक्रियालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा विद्यमान कानुनी रिक्तता पूरा गर्न र शासन व्यवस्थालाई प्रभावकारी बनाउन संसद्ले अब ढिलाइ गर्न नहुने बताएकी हुन्।
सभामुख पदको निर्वाचन प्रक्रियामा सहभागी हुँदै मन्त्री गौतमले सङ्घीय संसद्लाई गफ गर्ने थलो मात्र नभई वास्तविक काम गर्ने थलोको रूपमा स्थापित गर्न आफूले पूर्ण सहयोग गर्ने स्पष्ट पारिन्। जनताका आवश्यकतालाई सम्बोधन गर्न र सरकारलाई जवाफदेही बनाउन संसदको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले अब निर्णय गर्ने साहस देखाउनुपर्ने बेला आएको उल्लेख गरिन्।
मन्त्री गौतमले पुरानो ढिलासुस्ती गर्ने कार्यशैली र संस्कारलाई तोडेर अघि बढ्नुपर्नेमा जोड दिँदै कानुन निर्माणका क्रममा कुनै पनि बहानामा आलटाल गर्ने छुट नभएको बताइन्। उनले कानुन मन्त्रालयको तर्फबाट सरकार र संसद्बिच प्रभावकारी समन्वय गर्दै विधेयकहरूलाई छिटो छरितो ढङ्गले अघि बढाउन आफू दृढ रहेको दाबी गरिन्।
संसद्ले आफ्नो पहिचान काम गर्ने निकायका रूपमा बनाउनुपर्ने धारणा राख्दै मन्त्री गौतमले सबै सांसद र दलहरूलाई कानुन निर्माणको महाअभियानमा जुट्न समेत आग्रह गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण