महिलालाई आयआर्जनमा जोड्न पञ्चेबाजा तालिम
सारांश
- म्याग्दीमा महिलालाई पञ्चैबाजा बजाउने तालिम दिइयो, जसले उनीहरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्नेछ ।
- तालिममा १६ महिलाको सहभागिता थियो र उनीहरूलाई बाजा बजाउन सिकाइयो ।
- यो तालिम महिलाको आयआर्जन बढाउन र स्थानीय बाजाको संरक्षण गर्नका लागि सञ्चालन गरिएको थियो ।
म्याग्दी । परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन यहाँको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई पञ्चेबाजा बजाउने तालिम दिइएको छ ।
शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिलाई पञ्चेबाजा बजाउने तालिम दिइएको हो । एक महिनासम्म सञ्चालन भएको तालिममा १६ महिला सहभागी थिए । उनीहरूलाई बाजा बजाउन सिकाइएको सिकाई केन्द्रका परिचालक सीता कुँवर थापाले बताइन् ।
विवाह, व्रतबन्ध, छेवरलगायत शुभ कार्यमा पञ्चेबाजा बजाउन बाहिरदेखि वाद्य वादक ल्याउनुपर्ने बाध्यता हटाउन र महिलाको आयआर्जन वृद्धिका लागि पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरिएको सिकाई केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले बताइन् ।
सो तालिमका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ र सीप विकास तालिमका लागि गण्डकी प्रदेश सरकारले एक लाख ७० हजार रुपैयाँ अनुदान प्रदान गरेको थियो । पञ्चेबाजामा सहनाई, ढोलकी, ट्याम्को, दमाहा, झ्याली र कर्नल समावेश हुन्छन् ।
सिप सिकेकालाई व्यावसायिक रूपमा बाजा बनाउने पेसामा आबद्ध गराउन एक सेट बाजा पनि उपलब्ध गराइएको वडा अध्यक्ष अणबहादुर खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण