अर्थमन्त्रीसँग एडिबी र विश्व बैंकका उच्च अधिकारीकाे भेटवार्ता
सारांश
- एडिबी र विश्व बैंकका उच्च अधिकारीहरूले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेट गरेका छन्।
- भेटका क्रममा नेपालको आर्थिक विकासमा हुँदै आएको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।
काठमाडौँ । नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइस र माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैंकका डिभिजन डाइरेक्टर डेभिड सिसलेनले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेट गरेका छन् ।
आइतबार भएको उक्त भेटघाटमा एडिबी र विश्व बैंकका प्रतिनिधिहरूले डा. वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटका क्रममा उनीहरूले नेपालको आर्थिक विकास र समृद्धिका लागि विगत लामो समयदेखि हुँदै आएको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । सो अवसरमा नेपाल, एडिबी र विश्व बैंकबिचको ऐतिहासिक र बलियो साझेदारीलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा समेत छलफल भएको थियो ।
अर्थमन्त्री डा. वाग्लेले नेपालको विकास प्राथमिकताहरूमा बहुपक्षीय दातृ निकायहरूको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले आगामी दिनमा समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण