मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विभागद्वारा दुई फर्मलाई जरिवाना

सोमबार, २३ चैत २०८२, २३ : ३९
सोमबार, २३ चैत २०८२

सारांश

  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गर्यो।
  • मछिन्द्रनाथ किराना स्टोर र एलन स्टोरलाई समान जरिवाना गरियो।

काठमाडौँ । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गरी कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ ।

स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले मछिन्द्रनाथ किराना स्टोर डिल्लीबजार र सोही स्थानको एलन स्टोरलाई समान रु १० जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिमको कार्य नगरेको पाइएकाले ती फर्मलाई जरिवाना गरिएको विभागले प्रष्ट पारेको छ ।

विभागले सोमबार २१ फर्ममा स्थलगत अनुगमन गरेकामा १९ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय सरोकार भएका निकायका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मीको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप