रोशी खोलाको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री गुरुङ
मङ्गलबार, २४ चैत २०८२, ०९ : ०२
सारांश
- गृहमन्त्री सुधन गुरुङ आज आफ्नो टोलीसहित काभ्रेको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षण गर्न जाँदै छन्।
- उनले बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझेर उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको अध्ययन गर्ने छन्।
- बर्खा अघि नै जोखिम न्यूनीकरणको तयारी र योजनाका लागि उनले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा जाने भएका छन् । वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि आज गुरुङले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्ने बताइएको छ ।
बर्खा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा गुरुङले सम्बन्धित निकायलाई निर्देशन दिने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण