बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कीर्तिपुरमा क्रिकेटको महाकुम्भ : विश्वकप लिग–२ अन्तर्गतका शृङ्खलाहरू आयोजना हुने

मङ्गलबार, २४ चैत २०८२, २० : ०४
मङ्गलबार, २४ चैत २०८२

सारांश

  • आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतका त्रिकोणात्मक शृङ्खलाहरू आगामी अप्रिल र मे महिनामा नेपालमा आयोजना हुने भएका छन्।
  • पहिलो शृङ्खलामा नेपाल, ओमान र युएईबिचको प्रतिस्पर्धा अप्रिल २५ देखि मे ५ सम्म सञ्चालन हुनेछ।
  • दोस्रो शृङ्खलामा नेपालले मे १२ देखि मे २२ सम्म अमेरिका र स्कटल्यान्डको सामना गर्नेछ।

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतका त्रिकोणात्मक शृङ्खलाहरू आगामी अप्रिल र मेमा नेपालमा आयोजना हुने भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलहरूको तालिका सार्वजनिक गरेको हो ।

क्यानका अनुसार पहिलो शृङ्खलामा नेपाल, ओमान र युएईबिच प्रतिस्पर्धा हुनेछ। यो शृङ्खला आगामी अप्रिल २५ देखि मे ५ सम्म सञ्चालन हुनेछ। घरेलु मैदान र दर्शकको साथमा नेपालले ओमान र यूएईसँग महत्त्वपूर्ण खेलहरू खेल्ने तयारी गरेको छ ।

त्यसैगरी दोस्रो शृङ्खलामा नेपालले संयुक्त राज्य अमेरिका र स्कटल्यान्डको सामना गर्नेछ। यो शृङ्खला मे १२ देखि मे २२ सम्म टीयू मैदानमै सञ्चालन हुने प्रवक्ता छुम्बी लामाले जानकारी दिए । 

विश्वकप छनोटको यात्रामा निकै महत्त्वपूर्ण मानिएको लिग–२ का यी खेलहरूले नेपाली क्रिकेट फ्यानहरूमा उत्साह थपेको छ। क्यानले खेलको विस्तृत तालिका समेत सार्वजनिक गर्दै सम्पूर्ण तयारी अगाडि बढाएको जनाएको छ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप