पशुपति क्षेत्रमा भेटिएका फ्रान्सेली नागरिकको वास्तविकता : लुटपाट नभई आर्थिक संकट मुख्य कारण
सारांश
- पशुपति क्षेत्रमा भेटिएका फ्रान्सेली नागरिक लुटपाटमा नभई आर्थिक संकटका कारण समस्यामा परेको प्रहरीले जनाएको छ।
- ती नागरिक होटलको पैसा तिर्न नसकेपछि आफ्ना सामानहरू छोडेर हिँडेको अनुसन्धानबाट खुलेको छ।
- प्रहरीले उनलाई फेला पारी आवश्यक प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाएको छ।
काठमाडौँ । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक अलपत्र र बेवारिसे अवस्थामा भेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले यसको वास्तविक तथ्य सार्वजनिक गरेको छ। ती विदेशी नागरिक लुटपाटमा परेको भन्ने चर्चा चले पनि अनुसन्धानबाट अर्कै तथ्य फेला परेको हो।
प्रहरीका अनुसार ती फ्रान्सेली नागरिक विगत ६ वर्षदेखि आफ्नी नेपाली श्रीमतीसँग नेपालमै बस्दै आएका थिए। लामो समयदेखिको बसाइ र कमजोर आर्थिक अवस्थाका कारण उनीहरू समस्यामा परेको खुलेको छ।
आर्थिक संकट गहिरिँदै गएपछि ती दम्पतीले आफू बसेको होटलको पैसा तिर्न नसकेर आफ्नो पासपोर्ट, मोबाइल फोन र ल्यापटप लगायतका महत्त्वपूर्ण सामानहरू होटलमै छोडेर हिँडेको पाइएको छ। सोधपुछका क्रममा ती नागरिकले आफ्ना सामान चोरी वा लुटपाट नभएको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमा फैलाइएको हल्लाजस्तो उनीमाथि कुनै आपराधिक घटना नभएको प्रहरीले पुष्टि गरेको छ। अहिले ती फ्रान्सेली नागरिकलाई फेला पारी सुरक्षित साथ आवश्यक प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाइएको छ।
प्रहरीले घटनाको वास्तविकता नबुझी केवल लाइक्स र भ्युजका लागि भ्रामक भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता अफवाहले गलत सन्देश फैलाउने भन्दै सत्यतथ्य बुझेर मात्रै सूचना प्रवाह गर्न प्रहरीले सचेत गराएको छ।
भिडियोमार्फत जानकारी दिने सजग नागरिकहरूलाई धन्यवाद दिँदै प्रहरीले भ्रमको पछि नलाग्न पनि अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण