बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बलात्कार मुद्दामा जेलबाट भागेका युवक स्कुटर चोरीमा पक्राउ

बुधबार, २५ चैत २०८२, १० : ३५
बुधबार, २५ चैत २०८२

सारांश

  • बलात्कार मुद्दामा जेल परेका उमेश पुरी कारागारबाट भागेको अवस्थामा पक्राउ परेका छन्।
  • उनलाई स्कुटर चोरीको आरोपमा काठमाडौँको तीनकुनेबाट पक्राउ गरिएको हो।
  • प्रहरीले उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थिमीमा पठाएको छ।

काठमाडौँ । बलात्कार मुद्दामा कैद भुक्तान गरेको अवस्थामा जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका एकजना युवक चोरी मुद्दामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको तुवाचुङ जन्तरखानी नगरपालिका–१० घर भएका ३१ वर्षीय उमेश पुरी छन् ।

उनलाई काठमाडौँको तीनकुनेबाट पक्राउ गरेर थप अनुसन्धानको लागि प्रहरी वृत्त थिमीमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए । २०८२ साउन १९ मा बलात्कार मुद्दामा जेल परेका उनी भदौ २४ मा कारागार कार्यालय डिल्लीबजारबाट भागेका थिए ।

चैत २ मा अनलाइनमा बेच्न भनेर राखेको स्कुटर किन्छु भनेर झिकाएर उनले बागमती प्रदेश–०२–०४३ प ५३७६ नम्बरको स्कुटर टेस्ट ड्राइभ गर्छु भन्दै लिएर फरार भएको एसपी भट्टले बताए । उपत्यका अपराध अनुसन्धान कार्यालय थिमी शाखाको टोलीले चैत २२ मा उनलाई तीनकुननेबाट पक्राउ गरेको हो । उनले लिएर भागेको स्कुटर प्रहरीले बरामद गरेको छ । 

यसअघि उनी २०७७ मा बहुविवाह मुद्दामा २०७७ मा सुनसरीका चक्रघट्टी र २०७३ मा चोरी मुद्दामा खोटाङबाट पक्राउ परेका थिए । बलात्कार मुद्दामा तेस्रो पटक पक्राउ परेका आरोपी अहिले चौथो पटक चोरीमा पक्राउ परेका हुन् । ऊनीमाथि प्रहरी वृत्त थिमीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप