जुन भूतले ओलीलाई छलेको थियो, त्यही भूत बादलमा सवार छ : पुरुषोत्तम यादव
बुधबार, २५ चैत २०८२, १४ : १३
सारांश
- सांसद पुरुषोत्तम यादवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलेको भूत अहिले रामबहादुर थापा बादलमा सवार रहेको टिप्पणी गरेका छन्।
- उनले जनआन्दोलनका घाइतेको उपचार र मृतकका परिवारलाई रोजगारीको व्यवस्था कहिले हुन्छ भनी सरकारलाई प्रश्न गरेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम यादवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलेको भूतको सवार अहिले एमाले संसदीय दलको नेता रामबहादुर थापा बादलमा सवार रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा यादवले भने– ‘जेनजी आन्दोलनसम्म प्रधानमन्त्री रहनुभएका ओलीज्यूलाई जुन भूतले छलेको थियो । अहिले त्यही भूत बादलज्यूमा सवार रहेको देखिन्छ ।’
उनले यो सदन र वर्तमान सरकार जेनजी आन्दोलनमा बगेको रगतपछि निर्माण भएको बताउँदै जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार र जेनजी आन्दोलनका मृतकका परिवारलाई रोजगारीको व्यवस्था सरकारले कहिले गर्छ भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण