यस्तो छ लामो दुरीमा बढेको सार्वजनिक यातायातको भाडादर (सूचीसहित)
सारांश
- सरकारले इन्धनको मूल्यमा भएको वृद्धिलाई आधार मान्दै सार्वजनिक यातायातको भाडादर बढाएको छ।
- यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशत र मालवाहक सवारी साधनमा पहाडी तथा तराई क्षेत्र अनुसार फरक-फरक दरमा भाडा वृद्धि भएको छ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयसँगै नयाँ भाडा दर आजैदेखि कार्यान्वयनमा आएको छ।
काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । बढेको भाडा दर आजैबाट लागू हुने विभागले जनाएको छ ।
साथै, यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा हुने सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको विभागले जनाएको छ ।
विभागका अनुसार पछिल्लो पटक २२ पुस २०८१ मा समायोजन भएको गाडी भाडा अहिले बढाइएको हो । सो बेला डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर थियो ।
विभागले २०८२ चैत २२ गते नै भाडा समायोजनका लागि आवश्यक फाइल मन्त्रालयमा पेस गरेको थियो । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल (मन्त्रीस्तर) को निर्णयबाट उक्त प्रस्तावलाई स्वीकृत गरेसँगै नयाँ भाडा दर कार्यान्वयनमा आएको हो ।
यस्तो छ लामो दुरीमा बढेकाे भाडा (सूचीसहित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण