रामेछापको मन्थली नगरपालिकालाई ‘उत्कृष्ट नगरपालिका’ सम्मान
सारांश
- रामेछापको मन्थली नगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ।
- नेपाल नगरपालिका संघको ३३ औँ स्थापना दिवसको अवसरमा नगरपालिकालाई उक्त सम्मान प्रदान गरिएको हो।
- स्थानीय आर्थिक विकासमा उल्लेख्य कार्यसम्पादन गरेबापत मन्थली नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार २०८२ बाट सम्मानित गरिएको छ।
रामेछाप ।
रामेछापको मन्थली नगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषणा भएको छ ।
बिहीबार नेपालका नगरपालिकाहरूको प्रतिनिधि संस्था नेपाल नगरपालिका संघ ३३ औँ स्थापना दिवसको अवसरमा मन्थली नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ मा स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको आधारमा मन्थली नगरपालिकालाई ‘उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ सम्मान पत्र हस्तान्तरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठलाई सम्मान(पत्र तथा दोसल्लाले सम्मान गरे। सम्मान–पत्रमा स्थानीय आर्थिक विकास, सुशासन तथा प्रभावकारी सेवा प्रवाहमा मन्थली नगरपालिकाले हासिल गरेको उपलब्धिको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ ।
संघले गरेको सम्मानले मन्थली नगरपालिकाको विकास प्रयासलाई राष्ट्रिय स्तरमा स्थापित गर्न थप सहयोग पुगेको नगर प्रमुख श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण