‘इभी’ दुर्घटनामा भारतीय तीर्थयात्रीसहित छ जना घाइते
सारांश
- बेनी नगरपालिका–९ जलेश्वर नजिकै इभी दुर्घटना हुँदा भारतीय तीर्थयात्रीसहित ६ जना घाइते भए।
- मुक्तिनाथ दर्शन गरी फर्कँदै गरेका भारतीय यात्रु चढेको इभी दुर्घटनामा परेको प्रहरीले जनायो।
- घाइतेमध्ये एक जनालाई पोखरा पठाइयो भने अन्यको बेनी अस्पतालमा उपचार भयो।
म्याग्दी । यहाँको बेनी नगरपालिका–९ जलेश्वर नजिकै आज अपराह्न भएको ‘इभी’ (इलेक्ट्रिक भ्यान) दुर्घटना हुँदा भारतीय तीर्थयात्रीसहित छ जना घाइते भएका छन् ।
मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्कँदै गरेका भारतीय तीर्थयात्री चढेको ग१ज ८४३६ नम्बरको इभी बेनी–जोमसोम–कोरला सडकमा पर्ने जलेश्वरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एक जना घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको र पाँच जनाको प्रदेश अस्पताल बेनीमा उपचार गरिएको अस्पतालका सूचना अधिकारी झरना श्रेष्ठले जानकारी दिइन् । भारतका २६ वर्षीया दिना मादी, ३६ वर्षीय त्रिवेणी भारत, ५० वर्षीय प्रमोदशङ्कर यादव, २८ वर्षीय कैलाश देयानी, ७० वर्षीय निरन्जन दास खन्ना र आबुखैरेनी–२ तनहुँका २२ वर्षीय सन्तोष भुजेल घाइते भएका हुन् ।
जलेश्वरमा बुधबार अपराह्न पनि ट्रक र बस ठोक्किँदा मुक्तिनाथ दर्शन गरेर फर्कँदै गरेका १५ जना तीर्थयात्री घाइते भएका थिए । पन्ध्र जना सवार गाडी गुडिरहेको अवस्थामा एक्कासी अनियन्त्रित भएर सडकको कुनामा ठोक्किएर दुर्घटना भएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण