एकै समयमा सयभन्दा धेरै रोबोट्याक्सीले काम गर्न छाडेपछि...
सारांश
- चीनको वुहानमा एकै पटक सयभन्दा बढी रोबोट्याक्सी अचानक बन्द हुँदा यात्रुहरू अलपत्र परेका छन्।
- बाइडुद्वारा सञ्चालित एपोलो गोका रोबोट्याक्सी सडकको बीचमै रोकिँदा केही यात्रुहरू ९० मिनेटसम्म गाडीभित्रै थुनिएका थिए।
- प्रारम्भिक अनुसन्धानमा केन्द्रीय नियन्त्रण प्रणालीमा आएको प्राविधिक त्रुटिका कारण उक्त समस्या देखिएको बताइएको छ।
वुहान । चीनको वुहान प्रान्तमा एकै पटकमा सयभन्दा बढी स्वचालित रोबोट्याक्सी अचानक बन्द हुँदा यात्रुहरू समस्यामा परेको घटना बाहिर आएको छ । घटना मार्च ३१ को रातिको हो ।
स्थानीय ट्राफिक व्यवस्थापन निकायका अनुसार राति करिब ८ः ५७ बजेदेखि सहर भर सञ्चालनमा रहेका रोबोट्याक्सीहरू अचानक रोकिएको रिपोर्ट आउन थालेका थिए । समस्या देखिएका ट्याक्सी चिनियाँ आइटी कम्पनी बाइडुद्वारा सञ्चालित एपोलो गोसँग सम्बन्धित रहेको पुष्टि भएको छ ।
घटनाका क्रममा केही यात्रुहरू ९० मिनेटसम्म गाडीभित्रै थुनिए । एक यात्रुले सामाजिक सञ्जालमा आफू करिब डेढ घण्टा गाडीभित्रै फसेको अनुभव सुनाएकी छिन् । उनले बारम्बार ग्राहक सेवामा सम्पर्क गर्दा पनि प्रभावकारी सहयोग नपाएको गुनासो गरेकी थिइन् ।
उनले कम्पनीको ग्राहक सेवाको आलोचना समेत गरेकी छिन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा विभिन्न सडकमा रोबोट्याक्सीहरू बत्ती बालेर बिचमै रोकिएको देखिएको छ । गाडी ठोक्किएका केही सानातिना घटनाहरू भए पनि कुनै यात्रु घाइते भएको रिपोर्ट छैन ।
प्रारम्भिक अनुसन्धानमा प्रणालीगत त्रुटि सम्भावित कारण रहेको बताइएको छ । रोबोट्याक्सीहरू केन्द्रीय नियन्त्रण प्रणालीमार्फत सञ्चालन गर्ने भएकाले एउटा मुख्य प्रणालीमा समस्या आए धेरै गाडीहरू एकै पटक प्रभावित हुनसक्ने एपोलो गोले बताएको छ ।
यो घटनाले चालकविहीन सवारी साधनको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ । घटनाको विस्तृत अनुसन्धान अझै जारी रहेको छ । कम्पनीले विस्तृत विवरण सार्वजनिक गर्ने सम्भावना कम रहेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण