शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : उपसभामुखमा रुबी, नयाँ मन्त्रीकाे नियुक्ति, शक्ति सङ्घर्षमा रवि–बालेन

शुक्रबार, २७ चैत २०८२, २२ : ०२
शुक्रबार, २७ चैत २०८२

आज २०८२ चैत २७ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • उपसभामुखमा रुबी

प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । 

  • नयाँ मन्त्रीकाे नियुक्ति 

नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  

याे पनि 

  • शक्ति सङ्घर्षमा रवि–बालेन 

अनुशासन आयोगको सिफारिसमा रास्वपाले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसमक्ष मन्त्री पदबाट हटाउन सिफारिस गरेको थियो ।

  • बढ्दो इन्धन मूल्य 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गर्दा पेट्रोलियम पदार्थमा कर छुट दिएर जनतालाई राहत दिनुपर्ने मागबिच सरकारको यो कदमलाई आम जनताले समेत प्रशंसा गरे।

  • संसद्‌मा राष्ट्रपति 

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते सम्पन्न निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र तरिकाले सम्पन्न भएको बताएका छन्।

  • संसद् बैठक 

प्रतिनिधि सभाका १० विषयगत समितिका सदस्यहरू मनोनयन भएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले १० समितिका सदस्यहरू मनोनयन गरेको हो । 

  • गहिरिँदै सिँचाइ सङ्कट

 मधेस प्रदेशभर करिब ६ लाख २ हजार हेक्टर खेतीयोग्य जमिन रहे पनि कुल ४९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । प्रदेशको अधिकांश कृषि क्षेत्र अझै वर्षाको पानीमा निर्भर रहेको तथ्याङ्कले देखाएको छ ।

  • फेवाताल अध्ययनको सय वर्ष नाघ्यो 

पोखराको आकर्षण केन्द्रका रूपमा रहेको फेवातालको आकार खुम्चिँदै गएपछि संरक्षणमा चासो देखाइएको छ । यद्यपि यस क्रममा भएका गतिविधिले विवाद सिर्जना गरिरहेको छ । 

याे पनि 

  • युद्ध रोक्ने प्रयास : पाकिस्तानमा अमेरिका-इरान ऐतिहासिक वार्ता

फुटपाथहरूमा रङ लगाइँदैछ, सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ र पाकिस्तानको राजधानीमा एक किसिमको उत्साह र चिन्ताको माहोल छाएको छ। किनकि यसै साताको अन्त्यमा यहाँ विश्वकै ध्यान तान्ने एउटा महत्त्वपूर्ण बैठक हुँदैछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप