युवा सहभागिता र मुलुकको समृद्धिका लागि राष्ट्रपतिको आह्वान
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ को निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न भएको बताएका छन्।
- संसद्को संयुक्त बैठकमा सम्बोधन गर्दै उनले युवा पुस्ताको सक्रिय सहभागिता र देशको विकासमा जोड दिएका छन्।
- उनले सुशासन, समृद्धि र नागरिक केन्द्रित कानुन निर्माणका लागि एकजुट भएर लाग्न आह्वान गरेका छन्।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते सम्पन्न निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र तरिकाले सम्पन्न भएको बताएका छन् ।
सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार गरेको सम्बोधनमा राष्ट्रपति पौडेलले नवनिर्वाचित सांसदहरूलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
राष्ट्रपति पौडेलले विषम र संवेदनशील अवस्थामा सबैले देखाएको सहयोग र संयमताप्रति आभार व्यक्त गरे । उनले यस पटकको संसद्मा युवा पुस्ताको उल्लेख्य सहभागिता रहेको र सरकारले पनि युवा पुस्ताको प्रतिनिधित्वलाई जोड दिने विश्वास आफूलाई रहेको बताए ।
उनले पटक पटक भएका जनआन्दोलन र भ्रष्टाचार जस्ता चुनौतीहरूको स्मरण गर्दै नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माणमा संसद्को भूमिका महत्त्वपूर्ण हुने कुरामा जोड दिए । उनले न्यायपालिकाबाट छिटो छरितो र स्वतन्त्र न्याय सम्पादन भएमा मात्र आन्दोलनका क्रममा शहीद भएकाहरूप्रति सच्चा न्याय हुने धारणा व्यक्तसमेत व्यक्त गरे ।
संविधानको मर्म र भावना जनताको चाहना बमोजिम पूरा गर्न अझै धेरै काम बाँकी रहेको स्विकार्दै राष्ट्रपति पौडेलले आजका युवाको चाहना विगत भन्दा फरक रहेको औँल्याए । युवाहरू नयाँ कुरा सिक्न, रोजगारीका अवसर खोज्न, शैक्षिक गुणस्तर विकास गर्न र विदेशमा पुगेका युवालाई नेपाल फर्काउन चाहेको उनको भनाइ थियो ।
सार्वजनिक सेवा प्रवाह चुस्तदुरुस्त हुनुपर्ने आवश्यकतामा जोड दिँदै राष्ट्रपति पौडेलले सरकारी सेवा प्रवाहको ढिलासुस्ती सरकारले हटाउनेमा आफू विश्वस्त रहेको बताए ।
छिमेकी मित्रराष्ट्रहरूसँग सुमधुर र पारदर्शी कूटनीतिक सम्बन्ध कायम गर्ने विश्वास पनि उनले व्यक्त गरे । राष्ट्रपति पौडेलले हामी फुटेर होइन जुटेर, विगतका कटुता बिर्सेर एक भएर अगाडि बढ्न आवश्यक रहेको भन्दै सुशासन, समृद्धि र विकासको यात्रा सुरु गर्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण