शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रम्पले भने, ‘हामीसँग संसारकै उत्कृष्ट तेल छ, ट्याङ्कर लिएर चाँडो अमेरिका आउनुहोस्’

शनिबार, २८ चैत २०८२, २० : ५५
शनिबार, २८ चैत २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा विश्वकै सबैभन्दा धेरै र उत्कृष्ट गुणस्तरको तेलको भण्डार रहेको दाबी गरेका छन्।
  • उनले विश्वका खरिदकर्ताहरूलाई ट्याङ्कर लिएर छिटो अमेरिका आउन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।
  • अमेरिका-इरान युद्धविरामका कारण तेलको मूल्यमा १५ प्रतिशत गिरावट आए पनि अझै स्थिर हुन सकेको छैन।

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा विश्वकै सबैभन्दा धेरै र गुणस्तरीय तेलको भण्डार रहेको दाबी गर्दै विश्वका खरिदकर्ताहरूलाई निम्तो दिएका छन्। आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा एक पोस्ट गर्दै ट्रम्पले विश्वका दुई ठूला तेल अर्थतन्त्रहरूलाई मिलाउँदा हुनेभन्दा बढी तेल अमेरिकासँग एक्लै रहेको जिकिर गरेका हुन् । 

उनले ठुलो संख्यामा खाली तेल ट्याङ्करहरू अमेरिकातर्फ आइरहेको जानकारी दिँदै ग्राहकहरूलाई ‘छिटो आउन’ आग्रह समेत गरेका छन्। ट्रम्पका अनुसार अमेरिकाको तेल विश्वकै सबैभन्दा -मिठो’ र उत्कृष्ट गुणस्तरको छ।

ट्रम्पको यो अभिव्यक्ति यस्तो समयमा आएको छ, जब अमेरिका-इजरायल र इरानबिचको युद्धका कारण विश्व बजारमा तेलको मूल्यमा ठुलो उतारचढाव देखिएको छ। केही समयअघि ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १११ अमेरिकी डलर नाघेको थियो। 

तर, पछिल्लो समय अमेरिका र इरानबीच दुई साताका लागि ससर्त युद्धविराम सम्झौता भएपछि तेलको मूल्यमा करिब १५ प्रतिशतको गिरावट आएको छ। 

होर्मुज स्ट्रेट बन्द हुँदा विश्वभर पेट्रोल, डिजेल, ग्यास र खाद्यान्नको मूल्य ह्वात्तै बढेको थियो। युद्धविरामले केही राहत दिए पनि कच्चा तेलको मूल्य अझै पनि युद्ध सुरु हुनुभन्दा अघिको तुलनामा बढी नै छ। गत फेब्रुअरी २८ मा संघर्ष सुरु हुनुअघि तेलको मूल्य प्रतिब्यारेल ७० डलरको हाराहारीमा थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप