१० बजे १० समाचार : नेकपाद्वारा सरकारी घोषणाको विरोधदेखि उपत्यकामा चल्ने सवारीको भाडादर सार्वजनिकसम्म
आज २०८२ चैत २८ गते शनिबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. विद्यार्थी संगठनमाथि प्रतिबन्ध गर्ने निर्णयको नेकपाद्वारा विरोध
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यसंयोजक समितिको बैठकले कलेजहरूमा विद्यार्थी संगठन र कार्यस्थलमा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कार्यको विरोध गरेको छ।
२. सिंहदरबारको ‘रेस्ट्रिक्टेड जोन’बाट देश हाँक्दै बालेन
नेपालको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारभित्र ‘रेस्ट्रिक्टेड जोन’ मा बसेर प्रधानमन्त्री बालेन शाहले देश हाँकिरहेका छन् ।
३. काठमाडौँ उपत्यकामा चल्ने सवारीको भाडादर सार्वजनिक
बागमती प्रदेश सरकारले यस प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो ।
४.निर्माण उद्योगमा संकट
पश्चिम एसियामा जारी द्वन्द्वको ठुलो प्रभाव नेपालको निर्माण क्षेत्रमा परेको छ । अमेरिका,इजराइल रइरानको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र निर्माण सामग्रीको अत्यधिक महँगीका कारण नेपालको निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको हो ।
५. अमेरिका र इरानबिच ऐतिहासिक वार्ता
पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाका प्रतिनिधिमण्डलबिच शान्ति वार्ता सुरु भएको छ। पाकिस्तानी सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएअनुसार इस्लामाबादस्थित सेरेना होटलमा शनिबार दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको हो।
६. सरकारलाई चिकित्सक संघको जवाफ
नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न गरेको आग्रहलाई अस्वीकार गरेको छ।
७. नेपालका सडक ‘मृत्युको पासो’
नेपालमा सडक दुर्घटनाका कारण दैनिक औसत सात जनाले ज्यान गुमाइरहेका छन् । यो वर्षभरिको हिसाब गर्दा झण्डै २ हजार ५ सय भन्दा बढी हुन आउँछ, जुन कुनै ठुलो महामारी वा प्राकृतिक विपत्तिभन्दा कम छैन ।
८. शनिबार विशेष
९. हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने बहस
बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने विषयमा बहस हुन थालेको छ । २०५७ सालदेखि बन्द रहेको यो उद्योग २०६० सालमा खारेजीमा लैजाने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।
१०.फोटो फिचर
यो पनि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण