काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको न्यूनतम भाडा २४ रुपैयाँ
शनिबार, २८ चैत २०८२, १० : ३२
सारांश
- बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको छ।
- काठमाडौँ उपत्यकाभित्र यात्रा गर्दा लाग्ने न्यूनतम भाडा २४ रुपैयाँ कायम गरिएको छ।
काठमाडौँ । बागमती प्रदेश सरकारले यस प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो ।
नयाँ भाडादर अनुसार काठमाडौँ उपत्यकाभित्र र बाहिरका रुटहरूमा फरक–फरक दर कायम गरिएको छ ।
- यस्तो छ काठमाडौँ उपत्यकाको भाडादरः
उपत्यकामा चल्ने सार्वजनिक सवारीमा दूरीका आधारमा भाडा समायोजन गरिएको छ। अब उपत्यकामा यात्रा गर्दा न्यूनतम भाडा २४ रुपैयाँ पुगेको छ ।
- ० देखि ५ किलोमिटरसम्म: २४ रुपैयाँ
- ० देखि १० किलोमिटरसम्म: ३३ रुपैयाँ
- ० देखि १५ किलोमिटरसम्म: ३९ रुपैयाँ
- ० देखि २० किलोमिटरसम्म: ४४ रुपैयाँ
- २० किलोमिटरभन्दा माथि: ५० रुपैयाँ
विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने २०७९-०१-०१ देखि लागू गरिएको पुरानै भाडादर कायम रहने मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण