पृथ्वीको टाउको बचाउन सिकौँ
सारांश
- पृथ्वीको बिग्रँदो जलवायु र वातावरणीय सङ्कटप्रति सचेत हुँदै प्रकृतिसँग मिलेर बाँच्न सिक्नुपर्ने आह्वान गरिएको छ।
- जलवायु परिवर्तनको समस्या समाधानका लागि शासक, कवि र वैज्ञानिकहरूमा चेतना र मानवीयताको आवश्यकता औँल्याइएको छ।
- सगरमाथाको संरक्षण गर्दै प्रकृतिलाई सम्मानपूर्वक अँगाल्नु नै पृथ्वी बचाउने मूल आधार हो।
पृथ्वीको टाउको तातिरहेको छ
कविताको प्रकाश पठाएर
सगरमाथाको एमआरआई गर्न सिकौँ ।
धर्तीको रगत रोकिँदैछ
समुद्र मन्थनको मदानी डुबाएर
प्रशान्तको कोलेस्टेरोल जाँच्न सिकौँ ।
धरणीको नसा सुक्दैछ
विवेकको वायु भरेर
अमेजनको अल्ट्रासाउन्ड नाप्न सिकौँ ।
विश्व बाउहरूबाटै पीडित छ
साहसको नैनी समातेर
विषालु नङ्ग्राहरू मुठार्न सिकौँ ।
आकाश युगौँ युग चाहिन्छ
सभ्यताको ओजोन बचाउन
सहअस्तित्वको गोवर्धन उचाल्न सिकौँ ।
यसका लागि
शासकहरूलाई कवि बनाउनुपर्छ
कविहरूलाई वैज्ञानिक बनाउनुपर्छ
र, वैज्ञानिकहरूलाई बुद्ध बनाउनुपर्छ ।
पृथ्वीको जलवायु सङ्लिन
शरीरको जलवायु स्वस्थ राख्न सिकौँ ।
केटा हो !
सगरमाथाको टाउकामा नाचेर
कुन सभ्यता हुर्काइरहेका छौ ?
प्रकृतिसँगै बाँच्ने भए
सगरमाथालाई ढोग्न सिक
गौरीशङ्करलाई बोक्न सिक
कमिलाजस्तै हिँड्न सिक
मौरीजस्तै उड्न सिक
र, पृथ्वीको टाउको बचाउन सिक ।
(मिति २०८२ चैत २७–२९ सम्म जिरीमा आयोजित बागमती प्रदेश पर्या–साहित्य महोत्सवमा समर्पित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण