के भएको हो आशा भोसलेलाई ? नातिनीले दिइन् स्वास्थ्य अपडेट
सारांश
- हिन्दी सिनेमाकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात भएको भन्ने हल्ला गलत भएको उनकी नातिनी जनाई भोसलेले स्पष्ट पारेकी छिन्।
- अत्यधिक थकान र छातीको सङ्क्रमणका कारण उनी हाल मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचाररत छिन्।
नयाँ दिल्ली । हिन्दी सिनेमाकी दिग्गज गायिका आशा भोसलेको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा फैलिएको हल्लाको वास्तविकता बाहिर आएको छ। शनिबार उनलाई कार्डियाक एरेस्ट (हृदयघात) भएको र मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको खबरले प्रशंसकहरूलाई स्तब्ध बनाएको थियो।
तर, उनकी नातिनी जनाई भोसलेले एक आधिकारिक बयान जारी गर्दै ती खबरहरू गलत भएको स्पष्ट पारेकी छिन्। जनाईका अनुसार ९२ वर्षीया आशा भोसलेलाई कार्डियाक एरेस्ट भएको नभई अत्यधिक थकान र छातीमा सङ्क्रमण देखिएकाले अस्पताल भर्ना गरिएको हो।
‘मेरी हजुरआमा थकान र छातीको संक्रमणका कारण अस्पतालमा हुनुहुन्छ। उनको उपचार भइरहेको छ र हामीलाई पूर्ण विश्वास छ कि उनी छिट्टै निको भएर घर फर्कनु हुन्छ,’ जनाईले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्। उनले यस कठिन समयमा परिवारको गोपनीयताको सम्मान गरिदिन समेत आग्रह गरेकी छिन्।
८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रमा जन्मिएकी आशा भोसलेले महज ९ वर्षको उमेरदेखि नै गायन यात्रा सुरु गरेकी थिइन्। पिता दीनानाथ मंगेशकरको निधनपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्न उनले दिदी लता मंगेशकरसँगै गीत गाउन र अभिनय गर्न थालेकी थिइन्। सन् १९४३ मा मराठी फिल्मबाट पार्श्व गायन सुरु गरेकी उनले १९४८ को फिल्म 'चुनरिया' बाट हिन्दी सिनेमामा पाइला टेकेकी थिइन्।
आफ्नो बहुमुखी प्रतिभाका कारण गजल, भजन, पप र शास्त्रीय संगीतमा जादुमयी स्वर दिएकी आशा ताईको नाममा विश्व कीर्तिमान समेत रहेको छ। सन् २०११ मा गिनीज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई संगीतको इतिहासमा विश्वमै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने कलाकारको रूपमा मान्यता दिएको थियो।
उनले २० भन्दा बढी भारतीय र विदेशी भाषाहरूमा १२ हजार भन्दा बढी गीत गाएकी छिन्। 'दम मारो दम', 'चुरा लिया है तुमने जो दिल को' र 'पिया तू अब तो आजा' जस्ता उनका कालजयी गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण