बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेडी पावर गुणस्तर मापनमा दिपल एस०५ पहिलो स्थानमा

सोमबार, ३० चैत २०८२, ११ : ३९
सोमबार, ३० चैत २०८२

काठमाडौँ । चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी दिपलको चर्चित मोडल ‘एस०५’ ले जेडी पावर २०२६ चाइनाको गुणस्तर जाँचमा पहिलो स्थान हासिल गरेको छ। जेडी पावरको ‘एनईभी इनिसियल क्वालिटी स्टडी’ अन्तर्गत प्युअर इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा दिपल एस०५ ले यो उपलब्धी हासिल गरेको हो।

चीनको तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमा सवारी साधनको गुणस्तर मापनका लागि जेडी पावरलाई सबैभन्दा आधिकारिक र विश्वसनीय मापदण्ड मानिन्छ।

सार्वजनिक भएको करिब एक वर्षमै ७० भन्दा बढी मुलुकमा दुई लाख युनिटभन्दा बढी बिक्री भइसकेको दिपल एस०५ चीनबाट निर्यात हुनेमध्ये सबैभन्दा सफल ईभी मोडल मानिन्छ। नेपाली बजारमा समेत लोभलाग्दो सफलता पाइरहेको यस गाडीले प्राप्त गरेको पछिल्लो अन्तर्राष्ट्रिय अवार्डले यसप्रतिको विश्वसनीयतालाई अझ उचाइमा पुर्‍याउने देखिएको छ।

४.६२ मिटर लम्बाइ र २.८८ मिटर ह्विलबेस भएको दिपल एस०५ प्युअर ब्याट्री इलेक्ट्रिक र रेन्ज एक्सटेन्डेड इलेक्ट्रिक दुवै ढाँचामा उपलब्ध छ। 

नेपाली बजारमा यो एसयुभी ९९ किलोवाट मोटर र ५६.१ किलोवाट आवरको लिथियम आइरन फस्फेटब्याट्रीमा उपलब्ध छ, जसले एक पटकको फुल चार्जमा ४०५ किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ।

जेडी पावरको २०२६ को यो अध्ययन चीनका ८१ सहरका ४९ ब्रान्डका १३७ मोडलमा आधारित छ। यसका लागि २१ हजार १७७ जना सवारी धनीहरूसँग प्रत्यक्ष प्रतिक्रिया लिइएको थियो। विशेष गरी २ देखि ६ महिनासम्म गाडी प्रयोग गरेका ग्राहकको अनुभवलाई आधार मानिएको यस अध्ययनमा दिपल एस०५ ले सफ्टवेयर, एडास र उत्पादन इन्जिनियरिङमा आफूलाई उत्कृष्ट प्रमाणित गरेको हो।

सफ्टवेयर र प्रविधिको जटिलताका कारण धेरै ईभीहरूले गुणस्तरमा चुनौती झेलिरहेका बेला दिपल एस०५ ले हासिल गरेको यो स्थानले यसको बलियो इन्जिनियरिङलाई पुष्टि गरेको छ।

नेपालमा दिपल ब्रान्डले आफ्नो उपस्थितिलाई मजबुत बनाउँदै लगेको अवस्थामा यो उपलब्धीले स्टाइलिस, प्रविधिमैत्री र भरपर्दो ईभी खोजिरहेका नेपाली ग्राहकका लागि दिपल एस०५ लाई एक निर्विकल्प रोजाइ बनाउने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप