जुम्ला, म्याग्दी र कैलालीमा तीन जना मृत फेला
सारांश
- जुम्ला, म्याग्दी र कैलालीमा गरी तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
- प्रहरीले सबै घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अगाडि बढाएको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। जुम्ला, म्याग्दी र कैलालीमा छुट्टाछुट्टै घटनामा उनीहरू मृत अवस्थामा फेला परेका हुन्।
जुम्लाको चन्दननाथ नगरपालिका–२ कालिखोलीस्थित सडकको नालीमा सोमबार एक पुरुषको शव भेटिएको छ। मृतक सोही नगरपालिका–३ डाँडाकोट बस्ने ४२ वर्षीय मन बहादुर सार्की रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित निधाल्नी खोलामा आइतबार एक पुरुष मृत फेला परेका छन्। अन्दाजी ५० वर्षीय ती पुरुषको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन।
यता, कैलालीको जानकी गाउँपालिका–९ कतासेस्थित रानीजमरा कुलरिया सिँचाइको नहरमा सोमबार अर्का एक पुरुष मृत अवस्थामा फेला परेका छन्। अन्दाजी ३५ वर्षीय ती पुरुषको पनि पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।
सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अगाडि बढाएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण