भाडादर समायोजन गर्न भन्दै समितिलाई ध्यानाकर्षण
सारांश
- ट्रक व्यवसायीहरूले इन्धनको मूल्यवृद्धिलाई मध्यनजर गर्दै ढुवानी भाडादर समायोजन गर्न पश्चिमाञ्चल यातायात व्यवसायी समितिलाई ध्यानाकर्षण गराएका छन्।
- व्यवसायीहरूले समितिको कार्यशैलीमा पारदर्शिता र मितव्ययिता कायम राख्दै व्यवसायीहरूको संरक्षणका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्।
बुटवल । ट्रक व्यवसायीले भाडादर समायोजन गर्न भन्दै समितिलाई ध्यानाकर्षण गराएका छन् ।
सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक व्यवसायीहरूलाई परिरहेको समस्याका बारेमा गम्भीर बन्दै भाडादर तोकेर सार्वजनिक गर्न तथा समितिको कामलाई पारदर्शी र मितव्ययी बनाउँदै व्यवसायीहरूको संरक्षणमा अगाडि बढ्नका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवललाई सोमबार व्यवसायीहरूले ध्यानाकर्षण गराएका हुन् ।
ट्रक व्यवसायी पङ्कज राईको नेतृत्वमा अध्यक्ष यमु जिसीलाई इन्धनको मूल्यवृद्धि अनुसार ढुवानी भाडादरसहित विभिन्न विषयमा ध्यानार्कषणपत्र बुझाइएको हो ।
ध्यानाकर्षणपत्रमा अधिवेशनबाट निर्वाचित भएको बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समितिमा आबद्ध ट्रक व्यवसायी र त्यसमा आश्रित स्वरोजगार मजदुरहरूको हकहितमा केन्द्रित रहेर राज्यको कानुनको पालना गर्दै अगाडि बढ्न आग्रह गरिएको छ ।
पत्रमा समितिको काममा निरन्तर निगरानी गरिरहने उल्लेख गर्दै समितिको कामलाई पारदर्शी र मितव्ययी बनाउँदै व्यवसायीहरूको संरक्षणमा अगाडी बढ्न सचेत सुझाव दिएको जनाइएको छ ।
पत्रमा मध्यपूर्वमा भइरहेको युद्धका कारण नेपाल सरकारले नेपाल आयल निगमले पटकपटक इन्धनको मूल्य बढाउँदै आएको र इन्धनको मूल्यमा भइरहेको निरन्तर वृद्धिले ढुवानी क्षेत्रलाई प्रत्यक्ष रूपमा असर पारिरहेको उल्लेख गर्दै सरकारले हालै भाडादरमा गरेको समायोजन भाडादरका विषयमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको धारणा के हो ? भनी प्रश्न गरिएको छ ।
सरकारले तय गरेको भाडामा सवारीका साधन चलाउन सकिने हो कि होइन रु भन्दै समितिले ढुवानी भाडाका बारेमा स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझाएपछि इन्धनको मूल्यवृद्धिसँगै बढ्दो खर्चहरू धान्न नसक्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै मूल्यवृद्धिले ढुवानी सेवा प्रवाहमा समस्या उत्पन्न हुनुका साथै आपूर्ति प्रणालीमा समेत अवरोध आउन सक्ने भन्दै सचेत पनि गराइएको राईले बताए।
ध्यानाकर्षण बुझ्दै अध्यक्ष जिसीले समितिकातर्फबाट ढुवानी भाडादरका बारेमा गम्भीर रूपमा छलफल गरी आम व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण