नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
सोमबार, ३० चैत २०८२, १५ : २९
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४.१८ अङ्कले घटेर दुई हजार ८३३.६० बिन्दुमा कायम भएको हो ।
आज ३४२ कम्पनीको दुई करोड एक लाख ६३ हजार ७९३ कित्ता सेयर एक लाख एक हजार १८० पटक खरिदबिक्री हुँदा आठ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ ०.४७, विकास बैंक ०.५५, वित्त ०.२९, जीवन बीमा ०.४६, लघुवित्त ०.४२, व्यापार ०.२१ र अन्य समूह १.६२ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । आज होटल तथा पर्यटन १.०२, जलविद्युत् ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४०, म्युचुअल फन्ड ०.३६ र निर्जीवन बीमा ०.४६ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण