चिनियाँ आधुनिकीकरणका आयामबारे काठमाडौँमा प्राज्ञिक संवाद : गरिबी न्यूनीकरण र बीआरआईका अवसरमाथि चर्चा
सारांश
- काठमाडौँमा चिनियाँ आधुनिकीकरणका विभिन्न आयाम र यसका विशिष्ट मोडलका बारेमा एक प्राज्ञिक संवाद आयोजना गरिएको छ।
- प्रोफेसर झाङ जियाडोङले चीनको गरिबी न्यूनीकरण, आर्थिक वृद्धि र बीआरआई परियोजनाले नेपालका लागि सिर्जना गर्ने अवसरबारे प्रकाश पारेका छन्।
काठमाडौँ । काठमाडौँमा चिनियाँ आधुनिकीकरणका विषयमा एक शैक्षिक व्याख्यान कार्यक्रम आयोजना गरिएको छ। फ्रेन्ड्स अफ सिल्क रोड क्लब–नेपालले सोमबार आयोजना गरेको यस कार्यक्रममा चीनको फुदान विश्वविद्यालय अन्तर्गत दक्षिण एसिया अध्ययन केन्द्रका निर्देशक प्रोफेसर झाङ जियाडोङले मुख्य वक्ताका रूपमा आफ्नो प्रस्तुति दिएका थिए।
प्रोफेसर झाङले आफ्नो सम्बोधनका क्रममा चिनियाँ आधुनिकीकरणको विशिष्ट मोडलका बारेमा विस्तृत जानकारी दिए। उनले चीनले कसरी क्रमिक आर्थिक सुधार, बलियो संस्थागत क्षमता र चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमार्फत असाधारण आर्थिक वृद्धि हासिल गर्यो भन्ने कुरामा जोड दिए।
विशेषगरी चीनले छोटो समयमै गरेको गरिबी न्यूनीकरण र प्राविधिक क्षेत्रमा मारेको फड्को विश्वकै लागि अध्ययनको विषय भएको उनले उल्लेख गरे। झाङले चीनको वैदेशिक नीतिका मुख्य आधारहरूका रूपमा मानव जातिको साझा भविष्यको समुदाय निर्माण गर्ने दृष्टिकोण र छिमेकी राष्ट्रहरूसँगको मैत्रीपूर्ण एवं समावेशी सम्बन्धका बारेमा समेत चर्चा गरे।
संवादका क्रममा नेपाल–चीन सम्बन्ध र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को महत्त्वमाथि पनि विशेष मन्थन भयो। झाङले ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक सहकार्य र जनस्तरको सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए।
बीआरआई अन्तर्गतका परियोजनाहरूले नेपाल जस्ता देशका लागि क्षेत्रीय कनेक्टिभिटी र विकासका नयाँ ढोकाहरू खोलेको उनले बताए। कार्यक्रमको अन्त्यमा सहभागीहरूले राखेका जिज्ञासाको सम्बोधन गर्दै शासन प्रणाली र आर्थिक दिगोपनका विषयमा अन्तक्र्रिया गरिएको थियो।
कार्यक्रममा विद्यार्थी, प्राध्यापक, नीतिनिर्माता तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण