मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
सांसदसँग

जनतासँग गरेका बाचा पूरा गर्न चाहन्छिन् इन्दिरा

मङ्गलबार, ०१ वैशाख २०८३, १८ : ५४
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • झापा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगरले जनतासँग गरेका बाचा पूरा गर्ने अठोट व्यक्त गरेकी छिन्।
  • रातोपाटीको नयाँ स्तम्भ 'सांसदसँग' को पहिलो शृंखलामा उपसभामुखसमेत रहेकी इन्दिरा रानाको प्रोफाइल र प्रतिबद्धता समेटिएको छ।

काठमाडौँ । फागुन २१ को निर्वाचनमार्फत प्रतिनिधिसभामा उल्लेख्य संख्यामा नयाँ अनुहारहरू आएका छन् । दुई तिहाइ नजिकको सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधिकांश युवा सांसदहरू निर्वाचित भएका छन् भने नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता पुराना दलमा युवाको उपस्थिति राम्रै देखिएको छ । नयाँ दल श्रम संस्कृति पार्टीका सांसदहरू पनि युवाहरू नै छन् । 

नयाँ वर्ष-२०८३ सँगै रातोपाटीले नयाँ स्तम्भ ‘सांसदसँग’ सुरू गरेको छ । जसमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको छोटो प्रोफाइल, संसद्मा आउनुको उद्देश्य, नागरिकसँगका प्रतिबद्धता लगायत विषय समेटिने छ । 

यो शृंखलाको पहिलो एपिसोडमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा क्षेत्र नम्बर २ बाट निर्वाचित इन्दिरा राना मगर छिन् । राना अघिल्लो प्रतिनिधिसभाकी उपसभामुख समेत हुन् । उनले जनतासँग चुनावका बेला गरिएका बाचा इमानदारीका साथ पूरा गर्ने अठोट लिएकी छन् ।

भिडियो/रिपोर्टिङ : नरेन्द्र रौले

विस्तृत भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप