अमेरिका र इरानबिच ‘अबको दुई दिनमा’ वार्ता हुन सक्छः डोनाल्ड ट्रम्प
मङ्गलबार, ०१ वैशाख २०८३, २२ : ५७
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क पोस्टसँग कुरा गर्दै अमेरिका र इरानबिच ‘अबको दुई दिनभित्र’ वार्ता पुनः सुरु हुन सक्ने बताएका छन् ।
उनले न्युयोर्क पोस्टलाई भने, ‘अबको दुई दिनमा केही हुन सक्छ, र हामी त्यहाँ (पाकिस्तान) जानका लागि थप इच्छुक छौँ।’
ट्रम्पको यो बयान पाकिस्तानको इस्लामाबादमा शनिबार भएको एक बैठकपछि आएको हो, जसमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र इरानको संसद्का सभामुख मोहम्मद बाकर कालिबाफ लगायतका उच्च अधिकारीहरू सहभागी थिए ।
उक्त बैठक कुनै ठोस सम्झौताविना नै टुङ्गिएको थियो ।
यसअघि मंगलबार, इरानको सरकारी सञ्चारमाध्यमले इरान र पाकिस्तानबिच सन्देशहरू आदानप्रदान भएको तर अमेरिकासँग थप वार्ता गर्ने विषयमा कुनै जानकारी नभएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण