पाल्पाको कालीगण्डकी नदीमा डुबेर युवकको शव फेला
बुधबार, ०२ वैशाख २०८३, ११ : ३९
सारांश
- पाल्पाको कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई युवकमध्ये एक जनाको शव फेला परेको छ।
- १९ वर्षीय तोयनाथ बस्यालको शव नदीको बीच भागमा फेला परेको प्रहरीले जनाएको छ।
- अर्का बेपत्ता ३१ वर्षीय शरण भुसालको खोजी कार्य जारी रहेको छ।
बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका–७ देउलाटाँडस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार हिजो साँझ स्थानीय ३१ वर्षीय शरण भुसाल र १९ वर्षीय तोयनाथ बस्याल नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
घटनापछि तत्कालै प्रहरी टोली खटिएर खोजी कार्य सुरु गरिएको थियो। सोही क्रममा आज बिहान कालीगण्डकी नदीको बीच भागमा बगनासकाली गाउँपालिका–१ चापपानीका १९ वर्षीय तोयनाथ बस्यालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमबहादुर चौधरीले बताए ।
अर्का बेपत्ता भएका शरण भुसालको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण