कांग्रेसको अध्ययन प्रतिवेदन भन्छ : जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदनमा तीन प्रमुख समस्या
सारांश
- नेपाली कांग्रेसले गठन गरेको अध्ययन समितिले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा तीनवटा प्रमुख समस्या रहेको निष्कर्ष निकालेको छ।
- कार्की आयोगको प्रतिवेदन कार्यादेशभन्दा बाहिर गएको, घटनाको पूर्ण विश्लेषण नभएको र प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठेको समितिले जनाएको छ।
- कांग्रेसले प्रतिवेदनको विस्तृत अध्ययनपछि मात्रै पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको छ।
काठमाडौँ । गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी सरकारले गठन गरेको आयोगको प्रतिवेदनमाथि थप अध्ययन गर्न नेपाली कांग्रेसले बनाएको आन्तरिक अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।
कांग्रेसले गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन गरेको आयोगको प्रतिवेदनमाथि अध्ययन र समीक्षा गर्न वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा विज्ञहरू सम्मिलित एक अध्ययन समिति गठन गरेको थियो । समितिले तयार पारेको ४५ पेजको प्रतिवेदन बुधबार पार्टीलाई बुझाएको अधिवक्ता खनालले रातोपाटीलाई जानकारी दिए ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रतिवेदनको विस्तृत अध्ययनपछि पार्टीले औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए । स्रोतका अनुसार कांग्रेसको प्रतिवेदनमा कार्की आयोगले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्ने मूल म्यान्डेट प्राप्त गरेको भए पनि प्रतिवेदनमा तीन प्रमुख समस्या देखिएको उल्लेख गरेको छ ।
‘कार्यादेशभन्दा बाहिर गई व्यापक राजनीतिक तथा संरचनागत विषयहरूमा प्रवेश गरेको देखिन्छ’,खनाल नेतृत्वको प्रतिवेदनको निष्कर्षमा भनिएको छ । त्यस्तै, कार्की आयोगको प्रतिवेदन भदौ २३ मा धेरै केन्द्रित भए पनि भदौ २४ को घटनाबारे उचित विश्लेषण नभएको तथा जाँचबुझ आयोग ऐन, २०२६ को दफा ४ (२) बमोजिम जाँचबुझको काम सम्पन्न गरी राय सहितको प्रतिवेदन पेस गर्नुपर्नेमा काम पुरा नगरी अधुरो प्रतिवेदन कार्यान्वयन योग्य नदेखिएको कांग्रेसको प्रतिवेदनमा उल्लेख छ ।
‘गम्भीर मानवीय तथा भौतिक क्षति भएको घटनामा पर्याप्त तथ्यगत गहिराइको अभाव यसका अतिरिक्त, प्रतिवेदनप्रति उठेका पूर्वाग्रहसम्बन्धी टिप्पणीहरूले यसको विश्वसनीयतामा समेत प्रश्न उठाएको देखिन्छ’, कांग्रेस उच्च स्रोतले प्रतिवेदन उद्धृत गर्दै रातोपाटीसँग भन्यो– ‘भदौ २३ र २४ को घटना सम्बन्धमा छानबिन गर्न राष्टिृय मानवअधिकार आयोगका सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनमा गौरीबहादुर कार्की आयोगले दिएको भन्दा फरक तथ्य सहितको विस्तृत प्रतिवेदन बुझाएको भन्ने विभिन्न पत्रपत्रिकामा समाचार आएबाट गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको समग्र सत्यतामा प्रशस्त शङ्का उब्जिएको छ ।’
कार्की आयोगको प्रतिवेदन सञ्चारमाध्यममार्फत प्रकाशित भए पनि औपचारिक रूपमा भने अझै सार्वजनिक भैसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण