सरकारद्वारा १ मिलियन स्वीस फ्रेन्क अनुदान स्वीकार
काठमाडौँ । बुधबार वैशाख २ गते बसेको मन्त्रिपरिषद्को बैठकले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण मेलमिलाप कोषका लागि स्विजरल्यान्ड सरकारबाट स्वीस फ्रेन्क एक मिलियन बराबरको अनुदान सहायता प्राप्त गर्ने निर्णय गरेको छ ।
द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण र मेलमिलाप प्रक्रियालाई अगाडि बढाउन यो अनुदान महत्वपूर्ण सहयोग पुग्ने सरकारले विश्वास लिएको छ ।
मन्त्रिपरिषद् बैठकले अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ । बैठकले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न 'सम्पत्ति जाँचबुझ आयोग' गठन गर्ने निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि जानकारी दिएका हुन् ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित यो आयोगले २०६२/६३ सालपछिका सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नेछ । यसैगरी सरकारले 'आर्थिक कार्यविधि तथा वित्तीय तेस्रो संशोधन नियमावली २०८२ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण