चेक अनादर मुद्दामा दुई वर्ष कैद तोकिएका अमर केशर सिंह पक्राउ
सारांश
- चेक अनादर मुद्दामा दोषी ठहरिएका अमर केशर सिंहलाई प्रहरीले मकवानपुरको चित्लाङबाट पक्राउ गरेको छ।
- अदालतले सिंहलाई दुई वर्ष कैद सजाय तोकेको छ भने सोही मुद्दाका अन्य दुई जना प्रतिवादी अझै फरार छन्।
काठमाडौँ । चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका अमर केशर सिंहलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई २०८२ चैत २८ मा मकवानपुरको चित्लाङबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए।
सिंह काठमाडौँ–१६ का स्थानीय हुन् । महावीर विल्डर्स नामको कम्पनी खोलेर सिंह सहित ४ जनाले थापाथलीमा रहेको नृप शमशेर जबराको २७ आना ६ करोडमा खरिद गरेका थिए । २०६८ मा जग्गा खरिद गर्दा उनीहरुले चेक दिएको र सो चेक नसाटिएपछि जग्गाधनीले अदालतमा चेक अनादरको मुद्दा दायर गरेका थिए ।
काठमाडौँ जिल्ला अदालतले २०७१ वैशाख ९ मा बिगो भराउने फैसला गरेको थियो । तर, बिगो रकम दाखिला नगरेपछि बादीको निवेदनको आधारमा २०८२ माघ २३ मा अदालतले पुनः उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले बिगो बापत प्रतिवादीहरूलाई २ वर्ष कैदमा राख्न आदेश गरेको छ ।
काठमाडौँ जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी अनुसार सिंहलाई पक्राउ गरिएको एसएसपी खड्काले बताए । सो मुद्दाका अर्का प्रतिवादी ललितपुर महानगरपालिका–२४ घर भएका नवीन राउतलाई प्रहरीले २०८२ फागुन ७ मा पक्राउ गरेर केन्द्रीय कारागार सुन्धारामा बुझाएको थियो ।
ललितपुर महानगरपालिका–१० घर भएका सुभासन शाह र काठमाडौँ–११ थापाथली घर भएका अमर शम्शेर जबरा फरार छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण