राप्रपाका दुई नेतामाथि कारबाहीको डन्डा, ७२ घन्टे स्पष्टीकरण सोधियो
सारांश
- राप्रपाले पार्टीको अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा दुई नेतालाई कारबाही प्रक्रिया अघि बढाएको छ।
- पार्टीले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र महिला संगठनकी सचिव चाहना अधिकारीलाई ७२ घन्टे स्पष्टीकरण सोधेको छ।
- स्पष्टीकरण चित्तबुझ्दो नभएमा उनीहरूलाई पार्टीबाट निलम्बन वा निष्कासनसम्मको कारबाही हुन सक्ने बताइएको छ।
काठमाडौँ । पार्टीको आन्तरिक अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा राप्रपाका दुई नेतालाई कारबाही प्रक्रिया अघि बढाइएको छ। पार्टी अनुशासन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा) लाई ७२ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
समितिका सदस्य भक्ति सिटौलाका अनुसार उनीहरुको पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमा उछिनेको र अनुशासनको दायरा नाघेको आरोप छ। विशेषगरी, चुनावका बेला पार्टीको निर्णय विपरीत अभिव्यक्ति दिने तथा सामाजिक सञ्जालमा मर्यादाविपरीत टिप्पणी गर्ने कार्यलाई अनुशासनको गम्भीर उल्लंघन मानिएको छ।
पार्टीको अनुसन्धान तथा अनुशासन समितिले ती दुई नेताले पार्टीको प्रतिष्ठामा आँच आउने गरी गतिविधि गरेको ठहर गर्दै उनीहरूलाई ७२ घण्टाभित्र चित्तबुझ्दो जवाफसहित उपस्थित हुन निर्देशन दिएको हो ।
यदि स्पष्टीकरण चित्तबुझ्दो नभएमा उनीहरूलाई पार्टीबाट निलम्बन वा निष्कासनसम्मको कारबाही हुन सक्ने सम्भावना रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण