संसदीय समिति
संयुक्त समिति सभापतिमा नेकपाको उम्मेदवारी
बिहीबार, ०३ वैशाख २०८३, १५ : ५५
सारांश
- नेकपाले संसद्को संयुक्त समिति अन्तर्गतको सभापति पदमा उम्मेदवारी दर्ता गराएको छ।
- नेकपाका तर्फबाट राष्ट्रिय सभा सदस्य मदन कुमारी शाहले सभापतिमा उम्मेदवारी दिएकी छिन्।
- समिति सभापतिका लागि नेकपा र रास्वपाबीच प्रतिस्पर्धा हुने भएपछि अब मतदान प्रक्रिया अघि बढ्ने भएको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसद्को संयुक्त समिति अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा उम्मेदवारी दिएको छ ।
नेकपाले बिहीबार एमाले र कांग्रेसको समर्थनमा उक्त समितिको सभापतिमा उम्मेदवारी दिएको हो।
नेकपाका तर्फबाट राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा)ले उक्त समितिको सभापतिमा उम्मेदवारी दिएकी हुन् । शाहको प्रस्तावकमा कांग्रेसका जनकराज गिरी र समर्थकमा एमालेका पुष्पराज कडेल रहेका छन् ।
यो समितिमा रास्वपाले गणेश कार्कीलाई उम्मेदवार बनाएको छ । दुई जनाको उम्मेदवारी परेसँगै यो समितिको सभापतिमा मतदान हुने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण