बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

परवानीपुर गोल्डकप शनिबारदेखि सुरु हुने

बिहीबार, ०३ वैशाख २०८३, १७ : ३९
बिहीबार, ०३ वैशाख २०८३

पर्सा। पाँचौँ संस्करणको परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। शक्ति युवा क्लबको आयोजनामा यही वैशाख ५ गतेदेखि १२ गतेसम्म परवानीपुर खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ।

शक्ति युवा क्लबका अध्यक्ष सुबोध श्रीवास्तवले प्रतियोगितामा छिमेकी मुलुक भारतको एक टोलीसहित नेपालका सात समूहको सहभागिता रहने जानकारी दिए। प्रतियोगितामा आयोजक शक्ति युवा क्लब (बारा), वीरगञ्ज युनाइटेड क्लब, वीरगञ्ज युथ क्लब, रिगल एन्फा क्लब (हेटौँडा), नव जनजागृति युवा क्लब सिमरा, चिडिया दह क्लब रौतहट, निजगढ फुटबल क्लब र यङ्ग स्टार क्लब (भारत) गरी ८ वटा समूह सहभागी हुनेछन्।

प्रतियोगिता संयोजक सञ्जय मण्डलले प्रतियोगितामा पहिलो पुरस्कार रू दुई लाख, द्वितीय पुरस्कार रु एक लाख नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको जानकारी दिए। खेलमा उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीलाई आर्थिक नगदबाट पुरस्कृत गरिने सहसंयोजक दीपक यादवले जानकारी दिए। उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार एक सय पुरस्कारको व्यवस्था गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप