यातायातका डिजीलाई मन्त्री लम्सालको निर्देशन – स्वचालित रूपमा भाडा समायोजन गर्नू
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले इन्धनको मूल्यअनुसार सार्वजनिक यातायातको भाडा स्वचालित रूपमा समायोजन गर्न निर्देशन दिएका छन्।
- मन्त्री लम्सालले यातायात व्यवसायीहरू पटक-पटक मन्त्रालय धाइरहनुपर्ने अवस्थाको अन्त्य गर्न विभागलाई सो प्रणाली कार्यान्वयन गर्न भनेका हुन्।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले इन्धनको मूल्य घटबढ हुनासाथ सार्वजनिक यातायातको भाडा पनि स्वचालित रूपमा समायोजन हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
शुक्रबार मन्त्रालयमा भएको छलफलमा मन्त्री लम्सालले यातायात व्यवस्था विभागका महानिर्देशक(डिजी) राजिव पोखरेललाई प्रचलित कानुन र प्रक्रिया अनुसार स्वचालित भाडा प्रणाली (अटोमेटिक सिस्टम) कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
शुक्रबार मन्त्रालयमा भएको छलफलमा मन्त्री लम्साल सचिव,यातायात व्यवस्था विभागका महानिर्देशकलगायत उच्च अधिकारी र यातायात व्यवसायीबिच छलफल भएको थियो ।
व्यवसायीहरूले भने इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ हुँदा भाडा समायोजन गर्ने नियम भए पनि त्यसलाई कार्यान्वयन नगरिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
छलफलमा सहभागी मन्त्रालयका एक उच्च स्रोतका अनुसार, इन्धनको मूल्यमा हुने उतारचढावका कारण व्यवसायीले दुःख पाएको भन्दै मन्त्री लम्सालले प्रणालीलाई नै स्वचालित बनाउन जोड दिएका हुन् ।
‘आयल निगमले इन्धनको मूल्य बढाउनासाथ भाडा समायोजन गर्न निर्देशन दिनु भएको छ’ ,स्रोतले भन्यो, ‘मन्त्रीज्यूले डिजीलाई अबदेखि अटोमेटिक बनाउनुस्, व्यवसायीहरू पटक–पटक मन्त्रालय धाइरहनुपर्ने अवस्था नहोस् भन्नु भएको छ ।’
नेपाल आयल निगमले पछिल्लो समय दुई पटक गरेर प्रति लिटर डिजेलमा ५५ रुपैयाँसम्म मूल्य वृद्धि गरेपछि यातायात व्यवसायीहरूले ठुलो आर्थिक भार खेप्नुपरेको गुनासो गरेका थिए ।
प्रतिलिटर ५५ रुपैयाँ मूल्य बढ्दा एउटा गाडीलाई दैनिक हजारौँ रुपैयाँ थप भार परेको तथ्याङ्क मन्त्रालयमा पेस गरेका थिए ।
व्यवसायीहरूले ठुलो घाटा व्यहोरिरहेको तथा लागत नउठेपछि धेरै ठाउँमा गाडीहरू स्वतः स्फूर्त रूपमा चल्न छाडेको बताएपछि मन्त्री लम्साल र सचिव गोपाल सिग्देल दुवै जनाको आशय इन्धनको मूल्यअनुसार सार्वजनिक यातायातमा स्वचालित भाडा समायोजन गर्नुपर्ने रहेको स्रोतको भनाइ छ।
सङ्घीय सरकार र प्रदेश सरकारबिच समन्वय नहुँदा एउटा प्रदेशमा भाडा समायोजन हुने र अर्कोमा नहुने समस्यालाई व्यवस्थित गर्न र वैज्ञानिक भाडादर अनुसार हुने गरी प्रणाली मिलाउनसमेत मन्त्री लम्साले स्पष्ट निर्देशन दिएको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण