बल प्रयोग गरेर फुटपाथ खाली गराइएको भन्दै बुटवलका संघ संस्थाहरूको आपत्ति
बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रका फुटपाथ खाली गराउने अभियान सञ्चालन गर्दा बल प्रयोग गरिएको भन्दै यहाँका व्यावसायिक संघ–संस्थाहरूले आपत्ति जनाएका छन्।
आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले सहमतिविपरीत कार्य भएको दाबी गरेका हुन् ।
बुटवलमा वैशाख २ गतेदेखि फुटपाथ खाली गराउने अभियान सुरु गरिएको थियो । सोही क्रममा आज बुटवलमा क्रियाशील विभिन्न व्यवसायिक संघ–संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाले पूर्वसहमतिविपरीत कार्य गरेको आरोप लगाएका हुन् ।
उपमहानगरपालिकाले बुटवलको सौन्दर्यीकरण, ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीलाई सहज बनाउन सडकपेटी खाली गराउने निर्णय कार्यान्वयन गरिरहेको जनाएको छ । तर वैशाख ३ गते अमरपथ, बीपी चोक र राममन्दिर लाइनलगायत क्षेत्रमा केही व्यावसायिक प्रतिष्ठानमा बलपूर्वक रूपमा सामान हटाइएकोप्रति संघहरूको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

संघहरूले सटर तथा पिलरभित्र रहेका सामानसमेत बिनाकुनै अभिलेख उठाएर लगिएको, सटरमा क्षति पुर्याइएको तथा अस्थायी संरचना र साइनबोर्ड जफत गरिएको आरोप लगाएका छन् । यस्तो कार्य उपमहानगरपालिका र व्यवसायीबिच भएको सहमतिविपरीत रहेको उनीहरूको ठहर छ।
उक्त विज्ञप्तिमा रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली र उद्योग व्यापार संघका अध्यक्ष लोकनाथ पन्थीले हस्ताक्षर गरेका छन् ।
विज्ञप्तिमा व्यवसायी संघहरूले सबै पक्षबीच सहकार्य गरेर बजार व्यवस्थापन, पैदलयात्रीको सहजता तथा ट्राफिक व्यवस्थापनमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् । साथै, उपमहानगरपालिकालाई स्पष्ट मापदण्ड तयार गर्न र जफत गरिएका सामान सम्बन्धित व्यवसायीलाई तत्काल फिर्ता गर्न माग गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण