भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राति राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन्।
- लोकसभामा सरकारले पेश गरेको १३१ औँ संविधान संशोधन विधेयक दुई तिहाइ बहुमत नपुगेपछि विफल भएको छ।
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राति राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री मोदीले सम्बोधन गर्न लागेको उल्लेख गरे पनि सम्बोधनको मुख्य विषयबारे औपचारिक रूपमा केही नखुलाइएको जनाएको छ ।
शुक्रबार मात्रै लोकसभामा मोदी सरकारले पेश गरेको एक महत्त्वपूर्ण संविधान संशोधन विधेयक विफल भएको छ । महिला आरक्षण र निर्वाचन क्षेत्र निर्धारण (डिलिमिटेसन) सँग सम्बन्धित १३१ औँ संविधान संशोधन विधेयक संसदमा पारित हुन नसकी फेल भएको हो ।
प्रधानमन्त्री मोदीको १२ वर्ष लामो नेतृत्वकालमा सरकारले ल्याएको कुनै पनि संविधान संशोधन विधेयक सदनमा विफल भएको यो पहिलो पटक हो ।
सदनमा दुई दिनसम्म चलेको चर्को बहसपछि शुक्रबार साँझ मतदान भएको थियो । संसदमा महिलालाई ३३ प्रतिशत आरक्षण दिने र संसदीय क्षेत्रहरूको सङ्ख्या पुनः निर्धारण गर्ने (डिलिमिटेसन) सम्बन्धी उक्त विधेयकको पक्षमा २९८ मत परेको थियो भने विपक्षमा २३० मत खसेको थियो । संविधान संशोधनका लागि आवश्यक विशेष बहुमत नपुगेका कारण विधेयक पारित हुन सकेको थिएन ।
सदनमा विधेयक विफल भएलगत्तै प्रधानमन्त्रीले देशवासीका नाममा गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण