सनराइजर्स हैदराबादको रोमान्चक जित, चेन्नई १० रनले पराजित
सारांश
- इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ।
- हैदराबादले दिएको १९५ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो।
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ ।
हैदराबादले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।
त्यसअघि, पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १९४ रन बनाएको थियो । हैदराबदका लागि अभिषेक शर्मा र हेनरिक क्लासेनले उत्कृष्ट अर्धशतकीय पारी खेले । शर्माले २२ बलमा ५९ रन बनाए भने क्लासेनले ३९ बलमा ५९ रन जोडे । त्यस्तै, ट्राभिस हेडले २० बलमा २३ रनको योगदान दिए ।
चेन्नईका लागि बलिङतर्फ अंशुल कम्बोझ र जेमी ओभरटनले ३–३ विकेट लिए भने मुकेश चौधरीले २ विकेट हात पारे ।
१९५ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईका लागि म्याट सर्टले सर्वाधिक ३४ रन बनाए । त्यसैगरी, आयुष म्हात्रेले १३ बलमा ३० रन जोडे भने सरफराज खानले १९ बलमा २५ रन बनाए ।
हैदराबादको जितमा बलिङतर्फ इशान मालिङ्गाले ३ विकेट लिए । नितिश कुमार रेड्डीले २ तथा शिभाङ्क कुमारले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण