शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकाले नाकाबन्दी गरेर युद्धविराम उल्लङ्घन गर्‍यो : इरान

आइतबार, ०६ वैशाख २०८३, १२ : २४
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • इरानले आफ्नो बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दीले युद्धविरामको सर्त उल्लङ्घन गरेको दाबी गरेको छ।
  • इरानी नौसेनाले नाकाबन्दी नहटाएसम्म स्ट्रेट अफ होर्मुज मार्ग बन्द रहने चेतावनी दिएको छ।
  • स्ट्रेट अफ होर्मुजमा बढेको तनावले विश्व ऊर्जा व्यापारमा गम्भीर प्रभाव पार्न सक्ने देखिएको छ।

तेहरान । इरानले आफ्नो बन्दरगाहहरूमाथि जारी अमेरिकी नाकाबन्दीलाई युद्धविरामको सर्त उल्लङ्घन भएको बताएको छ । इरानी नौसेनाका अनुसार यस्तो कदमले हालै भएको सहमतिको भावना विपरीत काम गरेको छ ।

यस महिनाको सुरुवातमा इरान र अमेरिकाबिच दुई हप्ते सशर्त युद्धविराममा सहमति भएको थियो । उक्त सहमतिअनुसार स्ट्रेट अफ होर्मुज हुँदै समुद्री यातायात सञ्चालन गर्न दिने व्यवस्था गरिएको थियो ।

तर अहिले इरानले उक्त स्ट्रेट पुनः बन्द गरेको छ । इरानी नौसेनाले अमेरिकी नाकाबन्दी हटाइएपछि मात्र मार्ग पुनः खोलिने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोलुशनरी गार्ड कर्प्स नेभीले आफ्नो पछिल्लो वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेटबारे दिएका अभिव्यक्तिहरूमा कुनै वैधता नभएको दाबी गरेको छ । यद्यपि, उक्त टिप्पणी ट्रम्पका कुन भनाइसँग सम्बन्धित हो भन्ने स्पष्ट गरिएको छैन ।

यसअघि ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै इरानले स्ट्रेट बन्द गर्न खोजिरहेको तर अमेरिका ब्ल्याक मेलमा नपर्ने बताएका थिए । स्ट्रेट अफ होर्मुज विश्वकै महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक हो, जहाँबाट ठुलो मात्रामा तेल ढुवानी हुने गर्दछ । यस क्षेत्रमा तनाव बढ्दा विश्व ऊर्जा व्यापारमा ठूलो प्रभाव पर्न सक्छ।                                                                                                                                                                                                                                                            

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप