खजुरा गोल्डकपको उपाधि जष्ट जोन एफसीलाई
नेपालगन्ज । बाँकेको खजुरामा आज सम्पन्न भएको एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाइजेरियन टोली जष्ट जोन एफसीले जितेको छ ।
खजुरा–४ डी गाउँस्थित रङ्गशालामा भएको फाइनल खेलमा जष्ट जोनले जेविएम क्लब लखनउ, भारतलाई ४–० गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो । जष्ट जोनका लागि कलव कोनले दुई गोल गरे । यसैगरी एडवार्ड थोमस र ओलावी अफीजले एक एक गोल गरे ।
प्रतियोगितामा जष्ट जोनका गोलरक्षक लेकन शितु, उत्कृष्ट रक्षक र म्यान अफ दी म्याच बिल्गो, एडवार्ड प्लेयर अफ दी पीस घोषित भए । यसैगरी जेबिएम लखनउका क्षितिज मगर उत्कृष्ट मिडफिल्डर र फोर ब्रदर्श एफसी नवलपरासीका नवीन महतो सर्वाधिक गोलकर्ता बने ।
उपाधिसँगै जष्ट जोनले रु सात लाख तथा उपविजेता जेविएमले रु चार लाख प्राप्त गरे । गत चैत ३० गतेदेखि सुरु भएको सो प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
-
९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण