पश्चिम बंगालमा मोदीको ‘सर्प्राइज’ ब्रेक
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालको झाडग्राममा एक साधारण सडक पसलमा रोकिएर झालमुरीको स्वाद लिएका छन्।
- मोदीले पसलेसँग रमाइलो ठट्टा गर्दै आफ्नो पसलको अनुभव सामाजिक सञ्जालमा समेत सेयर गरेका छन्।
- प्रधानमन्त्रीले पसलेको जीविकोपार्जनका बारेमा चासो राख्दै झालमुरीको मूल्य भुक्तानी गरेका छन्।
झाडग्राम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार पश्चिम बंगाल भ्रमणका क्रममा एक साधारण झालमुरी पसलमा पुगेर सबैलाई चकित पारिदिएका छन्। झाड़ग्राममा चुनावी र्यालीलाई सम्बोधन गर्न जाने क्रममा मोदीले बाटो छेउकै एक सानो पसलमा रोकिएर झालमुरीको स्वाद लिएका हुन्।
प्रधानमन्त्री मोदीले उक्त भेटघाटको करिब ४० सेकेन्डको भिडियो र केही तस्बिरहरू आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन्। झालमुरी बनाउने क्रममा पसले विक्रम सावले मोदीलाई ‘तपाईँ प्याज खानुहुन्छ?‘ भनेर सोधेका थिए।
_AcjUBbdSSr.jpg)
जवाफमा मोदीले रमाइलो शैलीमा भने, "हो, प्याज खान्छु, बस दिमाग चाहिँ खान्नँ।’ मोदीको यो ठट्टा सुनेर पसले र त्यहाँ उपस्थित मानिसहरू गलल हाँसेका थिए।
झालमुरी पसले विक्रम साव मूल रूपमा बिहारका बासिन्दा हुन् र हाल आमाबुवासँग बंगालमा बस्दै आएका छन्। प्रधानमन्त्री आफ्नो पसलमा आउलान् भन्ने उनले कहिल्यै सोचेका थिएनन्।
_94kwKepnMb.jpg)
विक्रमका अनुसार मोदीले झालमुडी खाएपछि निकै मिठो भएको प्रतिक्रिया दिएका थिए। मोदीले झालमुरीको पैसा तिर्न खोज्दा विक्रमले लिन मानेका थिएनन्, तर प्रधानमन्त्रीले जबरजस्ती पैसा थमाएरै छाडे।
करिब १० मिनेट पसलमा बिताएका मोदीले विक्रमको पढाइ र कमाइको बारेमा पनि चासो राखेका थिए। विक्रमले गरिबीका कारण धेरै पढ्न नसकेको र दैनिक १ हजार देखि १२०० भारुसम्म कमाउने गरेको जानकारी मोदीलाई दिए।
_Ur25bX5Qyx.jpg)
सो समयमा प्रधानमन्त्रीले राजनीतिबारे कुनै कुरा नगरी एक साधारण ग्राहक बनेर कुराकानी गरेको विक्रमले बताए। प्रधानमन्त्रीको यो सादगी र ठट्टा गर्ने शैलीको यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण